फिल्मी फण्डा । फिल्म 'एक्टरः टेक वन' को ट्रेलरले नेपालमा युट्युब ट्रेन्डिङको पहिलो स्थान प्राप्त गरेको छ। १५ लाखभन्दा बढी भ्युजसहित माघ १६ देखि रिलिज हुने फिल्मको प्रोमो ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको हो।
गत शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा माघ १६ गते रिलिज हुने ट्रेलर सार्वजनिक गरिएको थियो। रोमाञ्चक शैलीमा तयार पारिएको यो ट्रेलरले उत्कृष्ट प्रशंसा पाएको छ। छोटो समयमा नै लाखौँ दर्शकले युट्युबसहित अन्य इन्टरनेट प्लेटफर्महरूमा यो ट्रेलर हेरेका छन्।
निर्देशक राजन भुसालले निर्देशन गरेको यस फिल्मको ट्रेलरले प्रदीप खड्काको चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ। फिल्ममा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालाको अभिनयले फिल्मलाई थप उत्सुक बनाएको छ।
फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका छन्। यस फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालाका साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन्।
फिल्मको छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।