फिल्मी फण्डा ।अगामी फागुन २ गते देखि रिलिजको तयारीमा रहेको चलचित्र ‘दुखी आत्मा’को टिजर र ‘ब्रेकअप कविता’ले दर्शकको ध्यान आकर्षित गर्दै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ। विशेष गरी, ‘ब्रेकअप कविता’ सामाजिक संजालमा निकै भाइरल भई दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ, जसले निर्माण टिमलाई खुशी बनाएको छ।
अब सिनेमाको टिमले ‘जोक जात्रा’ नामक कमेडी टुर आयोजना गर्ने घोषणा गरेको छ। यो टुर देशका १० शहरमा हुनेछ र माघ ६ गते नेपालगञ्जबाट सुरु भएर माघ २१ गतेसम्म चल्नेछ।
कमेडी शोमा ‘कमेडी च्याम्पियन सिजन ३’ का लोकप्रिय विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतिक कुमार अधिकारीले आफ्नो प्रस्तुति दिनेछन्।
सिनेमा ‘दुखी आत्मा’ दीपेन्द्र लामाको निर्देशन र हिमाल कडरियाको निर्माणमा बनेको हो। यसमा प्रमुख भूमिका निभाएका कलाकारहरूमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ आदिको अभिनय देख्न सकिन्छ।