फिल्मी फण्डा । चैत २९ गते रिलिज हुने फिल्म 'पिताम्बर' को टिजरले २४ घण्टा नपुग्दै १० लाख भन्दा बढी दर्शकको ध्यान खिचेको छ। सोमबार सार्वजनिक गरिएको एक्सन-पैक्ड टिजरमा २ हजारभन्दा बढी प्रतिक्रियाहरू प्राप्त भएका छन्।
निर्देशक कृषा चौलागाईंले दर्शकहरूको उत्कृष्ट प्रतिक्रियाले आफू र टिमलाई ठूलो खुशी मिलेको बताइन्। दर्शकहरूले फिल्मका प्रमुख कलाकारहरूको एक्सनलाई निकै मनपराएका छन्।
विशाल चौलागाईंको निर्माणमा बनेको यो फिल्म केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको हो। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।
बाल कलाकारहरूको रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)को अभिनय पनि समावेश छ। फिल्ममा सह-निर्माता पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं, कार्यकारी निर्माता सुमन गौतम, पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवी, छायांकन शेरबहादुर लामा र मानकृष्ण महर्जन, सम्पादन बन्दे प्रसाद, संगीत आशीष अविरल र बाबुल गिरी, द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन्। फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ।