'ताण्डवम्'को प्रदर्शन मिति परिवर्तन: फागुन ९ मा प्रदर्शनमा आउदै

फिल्मी फण्डा । फागुन २ गते भ्यालेनटाइन डे को अवसरलाई लक्षित गर्दै प्रदर्शनमा आउने भनिएको फिल्म 'ताण्डवम्' अब एक साता पछाडि सारिएको छ। नयाँ प्रदर्शन मिति फागुन ९ तय गरिएको छ। मंगलबार, यस नयाँ मितिसहित फिल्मको एक पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य पात्रहरूको विभिन्न मनोदशा देख्न सकिन्छ — कोही रगताम्मे त कोही रोमान्टिक भावमा छन्।

प्रख्यात कलरिष्ट जुनिम गहतराजको निर्देशनमा बनेको यो फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे, जुनिम गहतराज, कमल कार्की र गोपाल कटुवालजस्ता कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्।

'ताण्डवम्' एक नवविवाहित जोडीको जीवनमा घट्ने अकल्पनीय घटनाहरू र तिनले निम्त्याउने उतारचढावहरूको कथा प्रस्तुत गर्दछ। धार्मिक कनेक्सन पनि रहेको यस फिल्ममा हरि घले लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र सुशान्त गौतमको संगीत छ। फिल्मको लेखन अनिरुद्ध आत्रेय र हुसेनले गरेका हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech