फिल्मी फण्डा । नेपाली चलचित्र ‘महाभोज’ को मुहूर्त पूजा मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख कलाकारहरू र निर्माण टिमको उपस्थिति रहेको थियो।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, वसुन्धरा भुसाल, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय रहको छ ।
चलचित्रको छायाङ्कन करिब ४५ दिनसम्म पोखरा र वरपरका क्षेत्रमा हुनेछ । निर्देशक दिनेश राउतले ‘महाभोज’ लाई समाजमा हुने भ्रष्टाचार र विश्वासघात विरुद्धको कथा भनेका छन्। यो चलचित्रले नागरिक जिम्मेवारी, न्याय, र पारदर्शिताको महत्त्वलाई देखाउने उद्देश्य लिएको छ।
चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को ब्यानरमा निर्माण भइरहेको छ। निर्माता हिमाल कडरिया हुन्। कार्यकारी निर्माताहरू किरण नेपाली र सुदीप ढकाल हुन्।
चलचित्रका छायाकार राजेश श्रेष्ठ, सम्पादक निमेष श्रेष्ठ, र ध्वनि डिजाइनर उत्तम न्यौपाने हुन्। निर्माण टिममा मेकअप समरा जोशीको, कस्ट्युम आशिष पौडेलको, र कला निर्देशन साजन बस्ताकोटीको रहनेछ। सामाजिक विषयमा आधारित यो चलचित्रले दर्शकलाई नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।