प्रदीप खड्काको एक्सन अवतार: पिताम्बर को टिजर ट्रेन्डिङमा

फिल्मी फण्डा । अभिनेता प्रदीप खड्काको एक्सन फिल्म पिताम्बर को टिजर सार्वजनिक भएसँगै युट्युबमा ट्रेन्डिङमा परेको छ। कृषा चौंलागाईं निर्देशित यो फिल्मको टिजरले छोटो समयमा नै दर्शकको ध्यान तानेको छ। सोमबार साँझसम्म टिजर युट्युब मुभिजको आठौं स्थानमा ट्रेन्डिङमा थियो।

फिल्ममा प्रदीप खड्काले पहिलो पटक एक्सन अवतारमा आफूलाई प्रस्तुत गरेका छन्। टिजरमा उनलाई स्टाइलिस र दमदार रुपमा देखाइएको छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरीलगायत कलाकारले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन्।

फिल्मको निर्माण विशाल चौंलागाईंले गरेका छन्। सहनिर्माताका रूपमा पुरुषोत्तम प्रधान रहेका छन्, जसले छायांकनको जिम्मा पनि सम्हालेका छन्। द्वन्द्व निर्देशन हिमाल के.सी.ले गरेका छन्।

पिताम्बर आगामी चैत २९ गते नेपाली नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउँदैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech