फिल्मी फण्डा । अभिनेता तथा निर्माता सबिन श्रेष्ठले नयाँ वेब सिरिज ‘ए घरबेटी बा’ निर्माण सुरु गरेका छन्। पछिल्लो समय भ्लगमार्फत दर्शकसँग जोडिएका सबिन अब पुनः अभिनय र निर्माणमा सक्रिय भएका हुन्।
सबिनकै युट्युब च्यानलमा प्रसारण हुने यो सिरिजको छायाङ्कन सुरु भइसकेको छ। सिरिजलाई निर्देशक दिनेश खड्काले निर्देशन गर्दैछन्। पहिलो सिजनमा पाँच भाग समेटिने यो सिरिज प्रनुप थापाले लेखेका हुन्।
कमेडी र लभ स्टोरीको मिश्रण रहेको सिरिजमा सुलेमान शङ्कर ‘इकु’, प्रकाश श्रेष्ठ, र मोनिका बुढाथोकी मुख्य भूमिकामा छन्। सुमन बजगाईँले छायाङ्कनको जिम्मेवारी लिएका छन्।
स्रोत :- मेरो फिल्म