फिल्मी फण्डा । पुस २६ गते रिलिज हुने नेपाली चलचित्र 'कार्साङ'को अग्रिम टिकट बुकिङ सुरु भएको छ। क्यूएफएक्स र अन्य प्रमुख हलहरूले एडभान्स बुकिङ खुला गरेका छन्।
क्यूएफएक्सले काठमाडौं उपत्यकामा २५ शो र उपत्यकाबाहिर २५ शो उपलब्ध गराएको छ। एफक्यूब मल्टिप्लेक्सले ६ शो दिएको छ। दर्शकको चासोअनुसार शो थपिने अपेक्षा गरिएको छ।
'कार्साङ' ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा हो। यसले अभाव, गरिबी, र शेर्पा समुदायको सांस्कृतिक कथालाई उठान गरेको छ।
चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङलगायतका लोकप्रिय कलाकारहरूले अभिनय गरेका छन्। यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका निर्माता र छायांकार पुरुषोत्तम प्रधान हुन् भने सह-निर्माता गोविन्द बोहरा र कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहेका छन्।
स्रोत :- सिने पत्रीका