फिल्म प्रदर्शन गर्नुअघि निर्माता संघमा दर्ता अनिवार्य

फिल्मी फण्डा । अबदेखि हलमा फिल्म प्रदर्शन गर्नुअघि निर्माता संघमा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। चलचित्र संघ र निर्माता संघका कार्यदलबीच मंगलबार भएको बैठकमा यो निर्णय गरिएको हो।

चलचित्र संघका संयोजक गोपाल कायस्थले वितरकले फिल्म दर्ता गर्दा निर्माता संघको सिफारिस पेश गर्नुपर्ने सहमति जुटेको बताए।

यो सहमतिले अब निर्मातालाई अनिवार्य संस्थामा दर्ता गराउनु पर्नेछ। हालसम्म कतिपय निर्माताले सोझै वितरक वा हललाई सम्पर्क गर्दै फिल्म रिलिज गर्ने गरेका थिए।

बैठकमा एक सातामा दुई फिल्म रिलिज गर्नेबारे छलफल भए पनि कुनै निर्णय नभएको कायस्थले स्पष्ट पारे। उनले भने, "हामी खुला बजार प्रतिस्पर्धाका पक्षपाती हौं। यसबारे निर्णय भएको छैन।"

निर्माता संघका तर्फबाट उदय सुब्बाले पनि यो सहमतिले निर्मातालाई अनिवार्य दर्ता गराउनु पर्ने बताए। उनले भने, "हामीले रिलिजको लागि संस्थागत प्रणाली अपनाउन खोजेका हौं।"

स्रोत :- अनलाइन खबर 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech