चलचित्र 'सोल्टिनी'को छायाङ्कन सुरु

फिल्मी फण्डा  । मङ्गलवार इलामको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै 'सोल्टिनी' सिनेमा छायाङ्कन सुरु गरिएको छ। अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु र सब्बु गुरुङले मन्दिर परिसरमा पहिलो शट दिएका छन्।

सिनेमामा इलाम र भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यलाई समेटिएको छ। प्रमुख भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बुको साथमा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे लगायतका कलाकारहरूको उपस्थिति छ।

सपूतले भीमसेन पोखरेल र लिम्बुले दिलासा राईको भूमिका निभाउँदै समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने छन्।

सिनेमाको संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका छन्। निर्माणमा रेजिना बिस्ट र संसार चौलागाईँको साथमा प्लानेट थ्री फिल्म्स र नेपसिनेको सहकार्य रहेको छ।

'सोल्टिनी' सिनेमा २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech