फिल्मी फण्डा । प्रकाश सपुतले निर्देशन र निर्माण गरेको बहुप्रतिक्षित फिल्म 'वसन्त' को पोस्टर आज सार्वजनिक गरिएको छ। पोस्टरमा सपुत स्वयम प्रस्तुत छन्, जहाँ उनी लक्ष्मीप्रसाद देवकोटा र पारिजातको तस्बिर सामुन्ने गहिरो अध्ययनमा मग्न देखिन्छन्।
सपुतले 'वसन्त' मा निर्माण, निर्देशन, अभिनय, लेखन, गायन र सङ्गीत सबै जिम्मेवारी निभाएका छन्। पोस्टर सार्वजनिक गर्दै सपुतले फिल्म निर्माणको कठिनाई र चुनौतीपूर्ण क्षणहरूको बारेमा लेखेका छन्। उनले लेखे, "मैले 'वसन्त' मा म भित्रका सबै रङ्गहरू पोखेको छु। यदि वसन्त तपाईँलाई मन पर्यो भने, म बबाल हुँ। यदि नपरे पनि मेरो क्षमता यहीसम्म हो।"
फिल्ममा स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादे लगायतका कलाकारहरूको अभिनय रहनेछ। गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म २२ चैत (अप्रिल ४) मा प्रदर्शनमा आउनेछ।