चलचित्र 'राक्षस' को औपचारिक घोषणा

फिल्मी फण्डा । चलचित्र 'राक्षस' को औपचारिक रूपमा घोषणा गरिएको छ। निर्माण टिमले आज पोस्टर सार्वजनिक गर्दै चाबहिल स्थित गणेशथान मन्दिरमा शुभ मुहूर्त सप्पन्न  गरेको छ।

यस चलचित्रको  लेखन तथा निर्देशन  राज रोय कर्मकारले गर्ने भएका छन्। प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बुद्धी तामाङ, रवीन्द्र झा, अभांश कुमार, अम्बिका तामाङ, एलिना गुरुङ, विनोद सिग्देल, सविता रेग्मी, अनिल कुर्मी लगायतका कलाकारको अभिनय रहेको  ।  निर्मात्री नीता दुवाडी अर्याल र गीता भारतीले यो जानकारी दिएका छन्।


'राक्षस' लामो समयदेखि तयारीमा रहेकोले, भोलीबाट छायाङ्कन सुरु हुने बताइएको छ। निर्देशक कर्मकारले नेपालमा हाल चलिरहेका चलचित्रभन्दा फरक शैलीमा 'राक्षस' निर्माण गर्न लागेको बताएका छन्। चलचित्रका छायाँकार रन्धिर श्रेष्ठ र स्टन निर्देशक राजु तामाङ रहनेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech