फिल्मी फण्डा । निर्देशक शंकर घिमिरेले १२ बर्ष पछि फिल्म निर्देशनमा कमब्याक गर्ने भएका छन् । बिष, तुलसी लगायत फिल्म निर्देशन गरीसकेका घिमिरेले अब तेल भिसा नाम फिल्म निर्देशन गर्ने भएका हुन् । फिल्मका लागि उनले पछिल्लो समयका ब्यस्त कलाकार बिपिन कार्किलाई फिल्ममा अनुबन्ध गरेका छन् । उनले फेसबुकमा फोटो पोस्ट गर्दै फिल्म निर्देशन गर्न लागेको जानकारी दिएका हुन् ।
नेपालमा फिल्म निर्देशनमा जम्दै गर्दा अमेरिका भासिएका निर्देशक घिमिरेले तेल भिसा पनि अमेरिकामै छायँकन गर्ने भएका छन् । घिमिरेका अनुसार उक्त फिल्म बास्तविक कथामा आधारीत हुने छ, तर फिल्मलाई मनोरञ्जनात्म हिसाबले बनाइने उनले बताएका छन् ।
भष्मे डनको छायँकन सकाएर बसेका विपिन अब चाँडै उनको स्वेटर नामक फिल्मको छायँकनमा ब्यस्त हुने छन्, तिहारपछि मात्रै उनेले तेल भिसाको छायँकन सुरु गर्ने छन् ।