‘कोसेढुंगा’ : सरोज पौडेलको नयाँ फिल्म, पोस्टर सार्वजनिक

फिल्मी फण्डा । निर्देशक सरोज पौडेलले 'पूर्ण बहादुरको सारङ्गी' को सफलता पछी नयाँ फिल्म 'कोसेढुंगा' निर्देशन गर्ने घोषणा गरेका छन्। उनले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन्। पोस्टरमा एक महिला पहाडको दृश्यमा उभिएकी देखिन्छिन्, जसको पृष्ठभूमिमा घुरमैलो बिहानी र पहाडी शैलीको घर रहेको छ।

पौडेलले भनेका छन् कि फिल्मको कथा, कलाकार र अन्य विवरण केही समयपछि सार्वजनिक गरिनेछ, तर फिल्म दर्शकको मन जित्ने प्रयासमा हुनेछ। 'कोसेढुंगा' एक सोसल ड्रामा हो, जसले अभाव, संघर्ष र उच्च सपना पुरा गर्ने कथा प्रस्तुत गर्ने संकेत गरेको छ।

फिल्म निर्माण नरदेवी फिल्मसको प्रस्तुति रहेको छ, जसमा प्रेविल कँडेल र हरि महतको लगानी रहेको छ। कार्यकारी निर्माता दिनेश खड्का छन् भने, बाबु श्रेष्ठले डीओपी र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। फिल्मको संगीत रिदम कँडेल र आषिश अविरलको हुनेछ। 'कोसेढुंगा' २०८२ मा रिलिज गर्ने योजना छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech