फिल्मी फण्डा । क्राइम थ्रिलर जनरामा निर्माण गरिएको सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा भएको छ। अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति तय गरिएको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज, र डेब्यु अभिनेता सागर खनाल देखिन्छन्। सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका छन्। यो सिनेमा उनको डेब्यु निर्देशन हो। निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले पनि सिनेमाको लेखनमा योगदान दिएका छन्।
सिनेमामा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन, र सुवास राज काफ्लेको प्रोडक्सन डिजाइन रहेको छ।
बिचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण गरिएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माले लगानी गरेका छन्। साथै, अभिनेता बुद्धि तामाङ र विशाल पहारीको अभिनय पनि हेर्न पाइनेछ। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् भने वितरण कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले गर्नेछ।