"‘जन्ते बाख्रो’ सिनेमाको शुभमुहूर्त, पौष २० गतेबाट फ्लोरमा जाने तयारी"

फिल्मी फण्डा । सिमोस सुनुवार द्वारा निर्देशित फिल्म ‘जन्ते बाख्रो’ को शुभमुहूर्त कमलादीस्थित गणेश मन्दिरमा गरिएको छ। यो सिनेमाले आगामी पौष २० गतेबाट फ्लोरमा जाने तयारी गरेको छ।garima3.jpg

फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा ले मुहूर्त सट दिएका थिए। सौगात मल्ल र गरिमा शर्माका साथै, यस सिनेमामा आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, र कुशल गजमेर जस्ता कलाकारहरूको अभिनय रहेको छ।

garima 1.jpg

मुईन इन्टरटेनमेन्ट को प्रस्तुतिमा निर्माण भइरहेको ‘जन्ते बाख्रो’ एक कमेडी फिल्म हो, जसको कथा र पटकथा प्रदीप भारद्धाज ले लेखेका छन्। सन्तोष गौतम यसका निर्माता हुन्। फिल्मको कथावस्तु बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने नेपाली चलनमा आधारित रहने अनुमान गरिएको छ। यस फिल्मको छायांकन हरि हुँमागाई ले गर्नेछन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech