दिपेश रोक्का । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘दुखी आत्मा’ को फस्टलुक सार्वजनिक भएसँगै विदेशी बजारमा यसको चर्चा चुलिएको छ। निर्माण टिमका अनुसार फिल्मको जापान वितरण अधिकार यूएनए इन्टरटेन्मेन्टलाई बिक्री गरिएको छ।
यूएनएका प्रमुख उज्ज्वल गुरागाईंले जापानी दर्शकहरू माझ फिल्मको उच्च माग रहेको र त्यसैले अधिकार खरिद गरिएको जानकारी दिए। अधिकार बिक्रीको रकम भने गोप्य राखिएको छ।
फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, र आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
नेपालमा फागुन २ गते प्रदर्शन हुने फिल्म जापानमा पनि सोही मितिमा रिलिज गरिने बताइएको छ। कार्यकारी निर्माता सुदिप ढकाल र लगानीकर्ता हिमाल कडरियाको लगानीमा तयार भएको यो फिल्म क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण गरिएको हो।
आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई अन्य देशहरूबाट पनि माग भइरहेको छ। निर्माण पक्षले निकट भविष्यमा अधिकांश अन्तर्राष्ट्रिय बजारमा फिल्म प्रदर्शन हुने आशा व्यक्त गरेको छ।