दिपेश रोक्का । नेपाली फिल्म ‘लाज शरणम’को अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले प्राप्त गरेको छ।
निर्माता कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले कुमार कट्टेल ‘जिग्री ब्रो’ निर्देशित यो फिल्मलाई दुई चरणमा विभाजन गरेर अन्तर्राष्ट्रिय बजारमा वितरण गर्नेछ। वितरक सुवेदीका अनुसार, फिल्म फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न मुलुकहरूमा प्रदर्शन हुनेछ। तर कुन देशहरूमा रिलिज हुने भन्ने विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।
नेपालमा भने यो फिल्म शिवरात्रीको अवसरमा फागुन १४ गते ब्यांकटेस इन्टरटेनमेन्टमार्फत रिलिज हुनेछ। चर्चित टेलिसिरियल ‘सक्किगो नि’ समूहले निर्माण गरेको यो फिल्म हाल दर्शकहरूले अत्यन्त प्रतिक्षा गरिरहेको चलचित्रहरूमध्ये एक हो।