फिल्मी फण्डा । भारतका सर्वाधिक सफल तथा चर्चित गायक सोनु निगम बुधबार नेपाल आउन लागेका छन्। निगमले डिसेम्बर २५ मा आयोजना हुने भव्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने छन्।
पुस १० गते, अर्थात् क्रिसमसको अवसरमा ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा एक भव्य सांगीतिक कार्यक्रम आयोजना हुँदैछ। उक्त कन्सर्टलाई लिएर संगीतप्रेमी दर्शकहरूमा उत्साहको लहर फैलिएको छ।
आयोजकका अनुसार, निगमको कन्सर्टका लागि ७० प्रतिशत टिकटहरू बिकिसकेका छन्। नेपाली टच अष्ट्रेलियाका संस्थापक तथा संगीतकर्मी राज के गोस्वामीका अनुसार, कन्सर्टलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखिएको छैन।
कन्सर्ट बौद्धस्थित हायात होटलको खुला चौरमा आयोजना हुनेछ। यसका लागि स्टेज निर्माणको काम तीव्र गति सँग चलिरहेको छ।
कार्यक्रममा दर्शकहरूको लागि ४ बजे गेट खोलिनेछ। उक्त कार्यक्रममा सोनु निगमले ३ घण्टासम्म आफ्नो प्रस्तुति दिनेछन्।
सोनु निगम बुधबार मुम्बईबाट नेपाल आउनेछन् र बिहीबार फर्किनेछन्। बुधबार राति १० बजे उनी स्टेज चढ्ने बताइएको छ। आयोजकहरूले उक्त कन्सर्टमा १० हजार दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरेका छन्।