फिल्मी फण्डा । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ को बारेमा दर्शकहरू उत्साहित छन्। फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विकी कौशल प्रमुख भूमिकामा छन्। यसमा एक नयाँ र रोचक नाम पनि थपिएको छ।
इन्डिया टुडे र च्बतयउबतष् न्बmभक का अनुसार, यस फिल्ममा सामाजिक सञ्जालका सेन्सेसन ओरी पनि देखिने छन्। ओरी, जो कि सामाजिक मिडियामा निकै लोकप्रिय छन् र सेलिब्रेटीहरूको साथ फोटो खिच्दै गरेको बेला भाइरल हुने गर्छन्, अब भन्सालीको फिल्मको हिस्सा बन्ने खबर बाहिर आएको छ।
‘लभ एन्ड वार’ मा ओरी समलैंगिक पात्रको भूमिका निर्वाह गर्नेछन्। उक्त पात्र आलियाको नजिकको साथी हुने बताइएको छ। फिल्ममा आलिया क्याबरे डान्सरको भूमिकामा प्रस्तुत हुने छिन्। आलियाले यो भूमिकाका लागि विशेष तयारी गरेको बताइएको छ।
फिल्ममा रणवीर कपूर र विकी कौशलले भारतीय सशस्त्र बलका अधिकारीको भूमिका निभाएका छन्। फिल्मको रिलिज मिति २०२६ को मार्च २० तय गरिएको छ।
क्यामियो भूमिकामा दीपिका पादुकोण
यस फिल्ममा दीपिका पादुकोण पनि क्यामियो भूमिकामा देखिनेछिन्। यद्यपि उनका पात्रको बारेमा धेरै जानकारी बाहिर आएको छैन। दीपिका र भन्सालीको सम्बन्ध लामो छ, र उनीहरूले पहिले पनि ‘गोलियों की रासलीला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता चर्चित फिल्महरूमा सँगै काम गरिसकेका छन्।