८ वर्षपछि ‘सोल्टिनी’बाट पार्श्व गायनमा फर्किए हरिवंश

फिल्मी फण्डा । गायक र अभिनेता हरिवंश आचार्यले आठ वर्षपछि पार्श्व गायनमा कमब्याक गरेका छन्। उनले अर्जुन सुवेदी निर्देशित फिल्म सोल्टिनीबाट गायनमा पुनरागमन गरेका हुन्।

आचार्यले आइतबार फिल्मको एक गीतमा आफ्नो स्वर रेकर्ड गराए, जसको संगीत हर्कुलस बस्नेतले तयार गरेका छन्। बस्नेतले सामाजिक सञ्जालमा जानकारी दिएर भने, “हरिवंशले गीत रेकर्ड गराइसकेका छन्।”

यसअघि, सन् २०१६ मा आचार्यले फिल्म जात्राको लागि ‘नोट नोट’ गीत रेकर्ड गरेका थिए। त्यसपछिको समयमा उनले म्युजिक भिडियोहरूमा भने आफ्ना गीत प्रस्तुत गरे, जसका कारण उनका पार्श्व गायनमा फर्किने समय लामो भएको थियो।

आचार्यको गाएको गीत फिल्ममा न्यारेसनको रूपमा प्रस्तुत गरिने छ। पुस महिनाको अन्त्यतिर छायांकन सुरु हुने यो फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रविन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा जस्ता कलाकारहरूको अभिनय रहनेछ।

फिल्म सोल्टिनीलाई २०८२ सालको असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने तयारी गरिएको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech