फिल्मी फण्डा ।South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024 बाट कलाकार, मोडेल तथा नृत्य निर्देशक प्रमिला रिजाल सम्मानित भएकी छिन। रिजाल डेढ दसकदेखि कलाकारिता क्षेत्रमा क्रीयासिल छिन। एभरेष्ट नेपाल कल्चरल ग्रुपमा आबद्ध रिजाल आफ्नो प्रस्तुती दिन अमेरिकाबाट आफ्नो यात्रा प्रारम्भ गरेकी रिजाल पोल्यान्ड, स्पेन, पोर्तुगल, ग्रीक, नोर्वे, इस्टोनि, फ्रान्स, बेल्जियम, नेदरल्यान्डस्, जर्मनी, टर्की लगाएत विस्वका २0 भन्दा बढी देश हरुमा आफ्नो कला मार्फत यात्राा गरीसक्नु भएको छ।
World Books of Star Record को आयोजनामा भएको यस् अवार्ड कार्यक्रममा दक्षिण एसियाली राष्ट्रको सम्मानित ब्यक्तीहरुको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपसभामुख इन्दिरा राना मगरले बिभिन्न पेसामा आबद्द दक्षिण एसियाली राष्ट्रका दिग्गज ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा आफुलाई गर्ब लागेको बताउनु भयो। पूर्व उपसभामुखज्युले प्रमिला रिजाललाई अवार्ड प्रदान गर्दैगर्दा मुक्त कन्ठले प्रमिला रिजालको प्रस्तुतिको प्रसम्सा गर्नु भएको थियो।
नेपालमा अवार्ड कार्यक्रम आयोजनाको उपलक्ष्यमा कलाकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रमिला रिजाल लगाएतलाई विभिन्न पेशामा आबद्ध बिशिस्ट ब्यक्तिहरुलाई सम्मान गर्न पाउदा आफुलाई गौरवान्वित महसुसु भएको जानकारी दिनु हुन्छ World Books of Star Record संस्थाका संस्थापक निर्देशक डा. राजिब पल।
काठमाडौको नेपाल भारत मैत्री पशुपती धर्मसालामा भएको आजको कार्यक्रम प्रतिष्ठित ब्यक्तिहरुले शुभकामना मन्तव्य समेत दिएका थिए। बुद्धिजीवी,पत्रकार,समाजसेवीहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको थियो।
फिल्मी फण्डा
२०८१ पौष ८,सोमवार ०२ : ५० PM