‘पिङ्क पुतली’ मा अन्जु पन्त,अस्मिता देखि राहुल सम्मको कन्सर्ट हुँदै

फिल्मी फण्डा ।  पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ। संगीत पारखीहरुको लागी नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ। काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ।


नयाँ बानेस्वर एभरेस्ट होटल संगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त,गायक कमल खत्री,गायिका एलिना चौहान,गायिका रचना रिमाल,गायिका अस्मिता अधिकारी,गायक महेश काफ्ले,गायक राहुल रक्स,गायिका सृस्टी राउत,किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ।

डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सन्चालकले बताए। ‘पिङ्क पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागी टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech