सिनेमामा माग्ने बुढासँग देखिँदै मिस पबी

फिल्मी फण्डा ।टिकटकबाट चर्चामा आएर म्युजिक भिडिओमा उदाएकी मिस पबी पबित्रा साँर्कीले नयाँ फिल्म साइन गरेकी छन्।केदार घिमिरे माग्ने बुढाको शीर्ष अभिनय रहनेको  सिनेमा मा  माग्ने राजामा मिस पबी अनुबन्धित भएकी हुन्। 

ऋषि लामिछानेको निर्देशन रहने फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन्। फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका छन्। कमेडी कथावस्तुमा फिल्म निर्माण हुने र छायांकन फागुनदेखि सुरू गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। 

मिस पबीले आफू यो फिल्ममा जोडिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।यो उनको पहिलो फिल्म हुनेछ। यसअघि उनले साइन गरेको राजमहलु भने अहिलेसम्म निर्माण हुन सकेको छैन। मिस पबीको अन्य कामको कुरा गर्दा उनी रियालिटी शो कमेडी दरबारु मा व्यस्त छिन्। त्यस्तै, उनले कमेडी सिरियल ख्यालठट्टाु मा पनि काम गरिरहेकी छन्। म्युजिक भिडिओमा पनि उनी देखिइरहेकी छन्।

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech