‘शार्क ट्यांक नेपाल’ हिमालय टिभीमा आउँदै, उद्यमीलाई ४० करोड लगानी जुटाइदिने

फिल्मी फण्डा ।विश्वचर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ हिमालय टिभीमा आउने निश्चित भएको छ । सोमबार ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गर्ने तयारी रहेको छ ।

सो अवसरमा पाँच जना शार्क ९निर्णायक० घोषणा हुने जनाइएको छ । नवीनता, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले चर्चित यो प्लाटफर्म भारत, पाकिस्तान, बंगलादेशमा समेत लोकप्रिय छ । बेलायती टिभी कार्यक्रम ‘शार्क ट्यांक’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याउन लागेको हो ।

शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया
 पिच गर्नेछन् ।

शोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने जनाइएको छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech