चलचित्र 'जन्ते बाख्रो'मा अभिनेत्री रुशा न्यौपाने अनुबन्धित

दिपेश रोक्का।  सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘जन्ते बाख्रो’ मा अभिनेत्री रुसा न्यौपानेअनुबन्धित भएकी छिन्। नेपाली चलचित्र क्षेत्रमा 'विहे पास' बाट उनले   डेब्यु गरेकी थिइन् ।  ‘जन्ते बाख्रो’ अनुबन्धित भए सँगै उनको यो दोस्रो चलचित्र रहने छ । सिनेमाको रिलिज मिति आगामी जेठ महिनालाई लक्षित गरिएको छ।


यसअघि नै चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल, आशिफ शाह, र गरिमा शर्मा अनुबन्धित भइसकेका छन्। साथै, अन्य कलाकार छनोटका लागि गरिएको अडिसनमा देशभरबाट करिब ४ सयभन्दा बढी सहभागी भएका थिए।

मुईन इन्टरटेनमेन्ट को प्रस्तुति रहने ‘जन्ते बाख्रो’ एक कमेडी कथावस्तुमा आधारित सिनेमा हो। सिनेमाको कथा, पटकथा, र संवाद लेखन प्रदीप भारद्धाज ले गरेका हुन् भने निर्माणको जिम्मेवारी सन्तोष गौतम ले लिएका छन्।

चलचित्रको शीर्षकले नै इङ्गित गरेझैं, “बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन”सँग जोडिएको कथा प्रस्तुत गरिने बुझ्न सकिन्छ। सिनेमाका छायाकार हरि हुँमागाई हुन्।

‘जन्ते बाख्रो’ ले उत्कृष्ट कलाकारको टिम तयार गर्दै छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech