चलचित्र पिताम्बर चैत्र २९ मा

फिल्मी फण्डा । कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक फर्स्टलुकमा तिनजना अभिनेता दयाह्याङ राई, सौगात मल्ल,प्रदीप खड्कालाई स्थान दिइएको छ।

यो उनको दोस्रो निर्देशन हो। यसअघि कृषाले फिल्म ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्। फिल्म निर्माताको छवि बनाएकी कृषा ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’की निर्माता हुन्।

एक्सन जनराको फिल्ममा दयाह्याङ राई, सौगात मल्ल,प्रदीप खड्का, सुरक्षा पन्त, अनुपविक्रम शाह, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया,दिव्या रायमाझी, दिव्य देवलगायत कलाकार रहनेछन्।

पुरुषोत्तम प्रधानको छायांकन,प्रदीप भारद्धाजको लेखन रहेको फिल्म तराईका विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्यमा बनेको फिल्मको निर्माता विशाल चौलागाईं हुन्। फिल्मलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech