‘पुष्पा २’ ले पहिलो साता नेपालमा कमायो १६ करोड ग्रस

फिल्मी फण्डा । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ स् द रुल’ले नेपाली बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको सात दिनसम्म फिल्मले देशव्यापी १५ करोड ९० लाख रुपैयाँ ग्रस कमाएको छ ।

नेपाली वितरकले अहिलेसम्मकै महंगो मूल्यमा फिल्मलाई नेपाल ल्याएका हुन् । झण्डै ७ करोड रुपैयाँमा खरिद गरिएको वितरण अधिकारको लगानी सुनिश्चित गर्न फिल्मले २२ करोड ग्रस कमाउनुपर्छ ।

सात दिनसम्मको हिसाबअनुसार वितरकले ५ करोड २० लाख हाराहारीमा सेयर पाउँछन् । ए–एट, डीसीएन र आरआरले मिलेर सुकुमार निर्देशित फिल्मलाई नेपाल ल्याएका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech