‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउने

फिल्मी फण्डा । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’को प्रदर्शन मिति फाइनल भएको छ । फिल्म आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ। निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौता संगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

ashok sharma dcn.jpgयसै गरी फिल्मको डिजिटल राइट्स पनी बिक्रि गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ। डिएआर मुभिजका श्याम धिताल र फिल्मका कार्यकारी निर्माता नवीन भट्ट  बीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको छ। केहि समय डिजिटल राइट्सको कामबाट अलिक सुस्त रहेको डिएआरले अब नियमित डिजिटलको काम गर्ने र फिल्महरु खरिद गर्ने बताएको छ।

फिल्मको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् ।  फिल्ममा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनी अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए । विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् । फिल्म ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनी बिक्रि भईसकेको निर्माण टिमले बताएको छ। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech