आमिर खान- शाहरुख र सलमानसँग फिल्म खेल्न तयार 

फिल्मी फण्डा । आफू शाहरुख खान र सलमान खानसँग एउटा फिल्ममा काम गर्न तयार रहेको बलिउड अभिनेता आमिर खानले बताएका छन् । तर, तीनै जना राम्रो स्क्रिप्टको पर्खाइमा रहेको पनि उनले बताए । सलमान र शाहरुखसँग आफूले ६ महिनाअघि सँगै फिल्म गर्ने कुरा गरेको पनि उनले रेड सी फिल्म फेस्टिभलमा बताए ।

‘६ महिनाअघि कतै हामी सँगै थियौँ अनि यसबारे कुरा गरेका थियौँ । वास्तवमा म त्यति व्यक्ति थिएँ जसले यसबारे पहल गरेको थियो । मैले शाहरुख र सलमानलाई भनेको थिएँ कि हामी तीन जनाले एक साथ फिल्म खेलेनौँ भने यो साँच्चै दुःख हुनेछ,’ आमिरको भनाइ थियो । बलिउडका तीन ठुला कलाकारलाई ठूलो पर्दामा सँगै देख्ने सम्भावना लामो समयदेखि फ्यानहरूबिच चर्चाको विषय बनिरहेको छ । आमिरका अनुसार शाहरुख र सलमान पनि यसका लागि तयार छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech