फिल्मी फण्डा । १७ बर्ष अघिको ब्लकबस्टर फिल्म हामी तिन भाई को टाइटलमा दोस्रोपटक फिल्म बन्दै छ । मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्मको भरखरै गोर्खाको मनकामना मन्दिरमा स्क्रिप्ट तथा क्ल्याप पूजा गर्दै मुहूर्त गरिएको छ । निर्देशक मधुसुदन भट्टराईको अनुसार आगामि साउन १० गतेबाट फिल्मको छायँकन सूरु हुने छ ।
स्वर्गिय निर्देशक शिव रेग्मीको निर्देशनमा बनेको फिल्म हामी तिन भाईले १७ बर्ष अघि बक्स अफिस मात्र नभएर प्रदर्शन भएको सबै प्लेटफर्ममा नयाँ नयाँ रेकर्ड कायम गरेको थियो । फिल्मले टिभिमा लेटिकास्ट हुँदा पनि दर्शकको अत्याधिक साथ पाएको थियो भने युट्यबमा पनि सबैभन्दा धेरै भ्युज पाउने पुरानो फिल्मको रेकर्ड कायम गरेको थियो । उक्त फिल्मबाट निखिल उप्रेतीले उत्कृष्ट अभिनेतामा राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका थिए । फिल्ममा एक्सन स्टारन निखिलको साथमा रेखा थापा, राजेस हमाल, श्री कृष्ण श्रेष्ठ, झरना थापा र नन्दिता केसी लगायत कलाकारले पहिलोपटक एकसाथ काम गरेका थिए ।
विनोद न्यौपाने, कुशल बिष्ट, जाहान्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी लगायतको अभिनय रहने फिल्ममा अझै दुई अभिनेत्री छनोट गर्न बाँकि रहेकोछ । फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ फिल्मको सह निर्मातामा छन् । प्रसिद्ध सिने आर्टस्को ब्यानरमा बन्न लागेको फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, एसबी सापकोटाको संगीत तथा एलिस कार्कीको पार्श्व संगीत रहनेछ ।