फिल्मी फण्डा। बक्स अफिसमा उछाल कमाइ गर्ने विश्वास गरिएको सूर्या र बबी देओल स्टारर दक्षिण भारतीय फिल्म ‘कंगुवा’ले भारतमा खराब सुरुवात गरेको छ । रिलिजको पहिलो दिन बिहीबार ओपनिङ सुस्त रह्यो । सप्ताहन्तभर कमजोर ट्रेन्डिङ देखिएको पिंकभिल्लाले जनाएको छ ।
आइतबार १०।२५ करोड भारु मात्र कमायो । शनिबार नै फिल्मको अकुपेन्सीमा गिरावट आएको थियो । चार दिनमा मात्र यसले ५७ करोड भारु कमाएको उल्लेख छ । विदेशमा २१ करोड कमाइ गरेको छ । विश्वभरको कमाइ ७८ करोड मात्र छ, जुन ब्लकबस्टरको अपेक्षा गरिएको फिल्मका लागि निराशाजनक हो ।
तमिलनाडुमा मात्र यसले आइतबार अर्को फिल्म ‘अमरन’भन्दा न्यून कमाइ गर्यो । जबकि ‘अमरन’को लागि यो तेस्रो साता हो । आइतबारको कमाइ हालैका अन्य सूर्याका फिल्मको भन्दा खराब छ । अघिल्ला फिल्मले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । यो फिल्म सोमबार हलबाट उत्रिन सक्ने अनुमान छ ।
उत्तरी भारतमा यसले १२।५० करोड मात्र कमाउन सक्यो, जुन आफैंमा नराम्रो होइन तर बक्स अफिसमा प्रभाव पार्न भने यो आकडा पर्याप्त हुँदैन ।