‘होस्टेल ३’ विदेश राइट बिक्रि

फिल्मी फण्डा ।  फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो।

अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशन ९राजु कान र सुदिन केसी०ले खरिद गरेका छन्। जापानका लागि युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेका छन्।

सशान कँडेलद्वारा निर्देशित ‘होस्टेल ३’ मा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफी बुद्ध थापा र मनोज खत्रीले गरेका छन्।

चलचित्रका मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, र कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। निर्माता कर्ण कार्की र गोविन्द अधिकारीसँगै सह(निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech