अत्याधुनिक फिल्म स्टुडियो बनाउन बनेपाको जग्गा प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय

फिल्मी फण्डा । काभ्रे स्थित बनेपामा फिल्म छायांकन गर्न अत्याधुनिक फिल्म स्टुडियो निर्माणका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको छ । 

बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । 

सरकारले अत्याधुनिक फिल्म स्टुडियो निर्माणलाई वेवास्ता गर्दै आइरहेको थियो । समयसमयमा स्टुडियो निर्मा०ाको लागि पहल भने भैरहेका थियो । फिल्मकर्मीको चर्को दबाब र पहलमा सरकारले आर्थिक बर्ष २०८० ०८१ को बजेटमा भने बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech