आजबाट जसजसले मलाइ महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछुः दीपकराज गिरी

फिल्मी फण्डा । सामाजिक संजाल प्रयोगकर्ता प्रायः अभिनेता दीपकराज गिरीलाई ‘महानायक’ भनेर टिप्पणी गरिरहेका भेटिन्छन् । यसो भनिनु पछाडि सम्मानभन्दा पनि कटाक्ष लुकेको देखिन्छ ।

यो कुरा दीपकलाई पनि थाहा नभएको होइन । खासगरि, कोरोना महामारीको समयदेखि ‘महानायक’ शब्द धेरै क्वाइन भैरहेको छ । महानायक भनेर कसलाई बोलाउने भन्नेमा सामाजिक संजाल प्रयोगकर्ता पनि विभाजित देखिन्छन् ।

संजाल प्रयोगकर्ताले आफूलाई महानायक भनिने कुरामा दीपक पनि अहिलेसम्म मौन थिए । तर, शुक्रबार बिहान उनी यो मामिलामा वाचाल सुनिए । आफूलाई महानायक सम्बोधन गर्नेलाई दीपकले फेसबुकमा ब्लक गर्ने चेतावनी समेत दिएका छन् ।

आफूले कहिल्यै महानायकको पद दाबी नगरेको र नगर्ने उनको भनाई छ । फेसबुकमा उनी लेख्छन्, ‘आजबाट जसजसले मलाइ महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु । तर मैले बारम्बारभन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फÞेसबुकमा जोडिन सक्दैन ‘फरक बिचार स्वागत, असभ्यता अस्विकार’ शुभदिन’

फेसबुकलाई उनले आफ्नो बिचार पोख्ने थलो रहेको बताउँदै उनले आफूलाई के मनपर्छ त्यो कुरा प्लाटफर्म रहेको उल्लेख गरेका छन् । दीपकको यो पोस्टरमा १२ सयभन्दा धेरै कमेन्ट प्राप्त भएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech