शुक्रबारदेखि नेपालमा ‘सिंघम अगेन’को प्रदर्शन रोकिने

फिल्मी फण्डा । अजय देवगन स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’को नेपाल प्रदर्शन शुक्रबारदेखि रोकिने भएको छ । 

वितरण ‘इस्यु’को कारण फिल्मको प्रदर्शन उतार्ने निर्णय वितरकले गरेका हुन् । जसकारण क्यूएफएक्स र आईएनआई लगायतका हलले शुक्रबारको शो हटाएका छन् ।

चल्दाचल्दैको फिल्म उतार्न लागिएको कारणबारे विस्तृत उल्लेख गरिएको छैन । यद्यपि, दर्शकले शुक्रबारदेखि फिल्म हेर्न पाउनेछैनन् । रोहित शेट्टी निर्देशित फिल्म बिहीबार पनि ३० शो हाराहारीमा प्रदर्शन हुनेछ ।

‘सिंघम अगेन’ रोकिंदा यसको प्रत्यक्ष लाभ अहिले हलमा चलिरहेको सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ र शुक्रबारदेखि लाग्न लागेको ‘ह्रस्व दीर्घ’लाई मिल्ने देखिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech