आर्यन सिग्देल र हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको चलचित्र ‘फ्रयाक्चर’ को सकियो छायाङ्कन

फिल्मी फण्डा। ‘पुजार सार्की’ निर्माण गरेको कम्पनी किङ्डम नेटवर्कले दोस्रो चलचित्र ‘फ्र्याक्चर’को सम्पूर्ण छायाङ्कन सकिएको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको चलचित्र पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ ।

नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको मुख्य भूमिका रहेको चलचित्रमा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।

किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको हो ।

चलचित्रको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौँ, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाङ्कन गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech