‘भ्वाइस अफ नेपाल’ सिजन ६ को कोचबाट बाहिरिए प्रमोद

फिल्मी फण्डा। चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचमा सुरुदेखि नै देखिंदै आएका गायक प्रमोद खरेल नदेखिने भएका छन् ।

कोचको रुपमा गायकद्वय उदय सोताङ र राजु लामाको पुनरागमन भएको छ । यसअघि ‘भ्वाइस किड्स’मा कोच बनेकी गायिका मेलिना राईले भ्वाइसमा इन्ट्री गरेकी छन् ।

चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी पनि नयाँ सिजनमा कोचको रुपमा अनुबन्धित भएका छन् । आइतबारदेखि ब्लाइन्ड अडिसन सुरु हुने र १२० जना प्रतिस्पर्धीले यो राउण्डमा प्रतिस्पर्धा गर्ने छन् ।

नियमहरु पनि पहिलेकै यथावत् रहने भनिएको छ । भ्वाइस अफ नेपालको छैटौं सिजन मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने जनाइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech