फिल्मी फण्डा । अनन्या फिल्मसको ब्यानर तथा सुयोग गुरुङको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘जेरी अन टप’ को आज शुभमुहूर्त गरिएको छ । ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार उक्त सिनेमाको शुभमुहूर्त सङ्गै छायांकन सुरु भएको हो ।
मुहूर्तमा सिनेमाका प्रमुख कलाकारहरु बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे , निर्मल शर्मा, बाल कलाकार काईरा कार्की लगायतका उपस्थिति रहेको थियो।
सिनेमामा अनमोलको बुवाको भूमिकामा स्वयम भुवन केसी देखिने छन् भने आमाको भूमिकामा बिपना थापा खेल्ने निर्माण टिमले बताएको छ । सिनेमाको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् भने एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् ।