चलचित्र ‘फेरि रेशम फिलिली’ को छायांकन सुरु

फिल्मी फण्डा । चलचित्र ‘रेशम फिलिली’को दोस्रो श्रृङ्खलाको छायांकन सुरु भएको छ । दशैँको अवसर पारेर सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेपछि काठमाडौंबाट ‘फेरि रेशम फिलिली’को छायांकन शुरु गरिएको हो । नवमीको दिन ‘एनिमेडेट’ टिजर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको थियो।

निरोज महर्जनले निर्देशन रहने चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेती लगायतको अभिनय रहनेछ । विनय र कामेश्वर ‘रेशम फिलिली’मा पनि शीर्ष भूमिकामा हुनुहुन्थ्यो । अभिनेत्री मेनुका प्रधान भने दोस्रो भागमा दोहोरिनुभएको छैन ।

रौनक विक्रम कँडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी हुनुहुन्छ भने सहनिर्माता एनी थापा हुनुहुन्छ । सुशन प्रजापतिको छायांकन रहने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नुहुने छ । पटकथा लेखनमा निर्देशक महर्जनलाई आकाश बरालको सघाउनुभएको छ । गीतमा भने कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माले संगीत भर्ने छन्  ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech