वैवाहिक बन्धनमा बाँधिए गायक अर्जुन सापकोटा

फिल्मी फण्डा । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश  गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् ।

बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् ।  यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ । 

सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो। 

गायक सापकोटाको 'पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै' लगायत गीतहरू चर्चित छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech