बलिउडको कप युनिभर्सको फिल्म ‘सिंघम अगेन’को ट्रेलर

फिल्मी फण्डा। रोहित शेट्टी निर्देशित मल्टिस्टारर बलिउड फिल्म ‘सिंघम अगेन’को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेट लामो यो ट्रेलर हेर्दा फिल्मको कथा ‘रामायण’बाट प्रेरित भएको देखिन्छ ।

फिल्ममा अजय देवगण राम, करीना कपूर सीता, टाइगर श्राफ लक्ष्मण, रणवीर सिंह हनुमान, अक्षय कुमार जटायु र अर्जुन कपूरबाट प्रेरित पात्रमा देखिनेछन् ।

कप युनिभर्स शैलीमा बनाइएको यो फिल्मको ट्रेलरको रनटाइम झण्डै ५ मिनेट छ । भारतीय फिल्मको इतिहासमा यो अहिलेसम्मकै लामो ट्रेलर भएको जनाइएको छ ।

कथा बाजीराव सिंघम (अजय देवगण)बाट सुरु हुन्छ जसको पत्नी अवनी (करीना कपूर) लाई श्रीलंकाको खतरनाक गुण्डा डेंजर लंका (अर्जुन कपूर)ले अपहरण गर्छ । यसपछि आफ्नी श्रीमतीलाई बचाउन निस्कने सिंघमलाई शक्ति शेट्टी (दीपिका पादुकोण), एसीपी सत्य (टाइगर श्राफ), सूर्यवंशी (अक्षय कुमार) र सिम्बा (रणवीर सिंह)ले मद्दत गर्छन् । यी सबैको सहयोगमा सिंघमले छिमेकी मुलुकमा गोप्य कारवाही गर्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech