जितुको ‘ज्वाइँ साब’लाई युनिभर्सल सर्टिफिकेट

फिल्मी फण्डा । अगामी असोज २४ अर्थात फुलपातीको दिन  देखि रिलिजको तयारीमा रहेको चलचित्र  ‘ज्वाइँ साब’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् युनिभर्सल सर्टिफिकेट पाएको छ।

बोर्डले आइतबार साँझ फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न योग्य भन्दै ‘यू’ सर्टिफिकेट दिएको फिल्मका निर्देशक वसन्त निरौलाले जानकारी दिए।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech