दिपा श्री निरौलालाई डेंगु संक्रमण

फिल्मी फण्डा । फिल्म रिलिज अघि कलाकार दीपाश्री निरौलालाई डेंगु संक्रमण देखिएको छ । दीपाश्रीको फिल्म ‘छक्का पन्जा ५’ फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदै छ ।   
फिल्म रिलिज अघि दीपाश्रीलाई डेंगु संक्रमण देखिएको कलाकार केदार घिमिरेले जानकारी दिए । घिमिरेले लेखेका छन्,‘शीघ्र स्वास्थ्य लाभको कामना दिदी । ढल्ने छुट छैन, छिट्टै उठ्नुस् ।’

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय रेहेको छ । । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech