लोकगायिका सुनिता बुढा क्षेत्रीले गरिन विवाह

फिल्मी फण्डा । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सुनिता बुढा क्षेत्री वैवाहिक बन्धनमा बाधिएकी छिन् । काठमाडौंको रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनी विवाह बन्धनमा बाँधिएकी हुन् ।

पेशाले न्यौपाने इन्जिनियर हुन् । शुक्रबार काठमाडौंको एक मन्दिरमा आयोजित वैवाहिक समारोहमा आफन्त र परिवारको उपस्थिती रहेको थियो ।

सुनिताले गाएका ‘कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला’ लगायतका गीत लोकप्रिय छन् । प्रशंसकले उनलाई सामाजिक संजालबाट वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech