एजेन्सी। हालै अबुधाबीमा २४ औं आइफा २०२४ अवार्डको आयोजना गरिएको थियो । यस कार्यक्रमको उद्घोषण शाहरुख खानले गरेका थिए । कार्यक्रममा उनका सह–उद्घोषक विक्की कौशल थिए । उद्घोषणकै क्रममा विक्की कौशलले शाहरुखलाई कयौं फिल्म जस्तै ‘लालसिंह चड्ढा’ पनि पहिला उनलाई अफर गरिएको भए उनले त्यो फिल्ममा काम गर्थे भनेर सोध्छन् ।
यसको जवाफमा शाहरुखले भने, ‘के म रु आमिरले त यो फिल्म गर्नुहुँदैन थियो’ भन्छन् । उनको यो जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैजना अकमक्क पर्छन् । केही पछि भने शाहरुखले आफूले ठट्टा मात्रै गरेको भन्दै आमिरलाई ‘लभ यू’ भन्छन् ।
यसपछि विक्कीले शाहरुखलाई ‘पुष्पाः द राइज’ अफर भएको भए के गर्नुहुन्थ्यो ? भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘हे भगवान्, तिमीले त यस्तो कुरा भन्यौ जसले अझै पनि मलाई दुखाई रहेछ । मलाई साँच्चै ‘पुष्पा’ गर्न मन थियो तर अल्लु अर्जुन सरको स्वैग म म्याच गर्न सक्दिन थे ।’
सन् २०२२ मा रिलिज भएको आमिर खान र करीना कपूर स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा नराम्ररी असफल भएको थियो । यो फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यो हलिउड फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक थियो ।