ऋषिराज आचार्यको फिल्म ‘द्रौपदी’ को फष्टलुक सार्वजनिक

फिल्मी फण्डा । फिल्म द्रौपदीको फष्टलुक सार्वजनिक गरिएको छ । घटस्थापनाको दिनको अवसर पारेर फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो ।   
ऋषिराज आचार्यले निर्देशन गरेको फिल्मको  पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको घैटो कम्मरमा बोकेको देख्न सकिन्छ ।  ।

फिल्ममा ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड,  कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ ।  रवि ओडको संगीत रहेको फिल्ममा मोहनकुमार झिल्लुको छायाङ्कन छ ।

निर्देशक आचार्य र प्रकाश ज्ञवालीले मिलेर निर्माण गरेको फिल्ममा कथा, पटकथा, सम्वाद  र गीत समेत निर्देशन आचार्यको छ । यस फिल्मबाट आस्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाले अभिनय डेब्यु गर्दैछन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech