फिल्मी फण्डा । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को शुभ साइत गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ साइत गरिएको हो ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । स्क्रिप्ट पूजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायतको उपस्थिति थियो ।
फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । फिल्मको छायाङ्कन आगामी कार्तिक ५ गतेबाट सुरु हुनेछ ।
फिल्म बाबु छोरीको कथामा निर्माण हुन लागेको हो । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन,दुर्गेश थापा,आमेश भण्डारी र भीम बिसीको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।