चलचित्र एक्लोको छायाँकन सम्पन्न


फिल्मी फण्डा । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो। चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार ३५ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो। चलचित्रको पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने निर्देशक शाहीले जानकारी दिए। चलचित्रको प्रदर्शन मिति भने तय भई सकेको छैन।

निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गरिएको हो । ‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।

चलचित्र ‘एक्लो’ मा प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एवन राज उप्रेति ,कविता नेपाली , त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ । हलिउड कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ। चलचित्र ‘एक्लो’का निर्माता राजु कुमार गुरुङ,हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् ।बाबु श्रेष्ठले छायाँकन गरेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइनर, सन्तोष लामाको कला निर्देशनमा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।

44fed797-1752-4ef8-a23a-8bef4f564215.jfif

6c08eb00-2cc8-48e7-98ca-7e407a707291.jfif

460316799_1084735713652148_953022818020082096_n.jpg

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech