फिल्मी फण्डा। फिल्म ‘काँडेतार’ बेलायतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ ।
निर्मात्री सत्यकला राईले आफ्नो उपस्थितिमा बेलायतका विभिन्न भूभागमा फिल्मको स्क्रिनिङ गरिरहेकी छिन् । सोमबार अक्सफोर्ड सिङ्गलटनस्थित हलमा स्क्रिनिङ गरिएको छ ।
फिल्म हेर्न विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, लेखक, पत्रकार पुगेका थिए । शोको मुख्य आयोजक नेप्लिज लेडिज ग्रुपका जया कोयी राई, देवान राई र ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज बेलायत किरात राई, कल्पना राई कुञ्जु, सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र सांस्कृतिक सचिव किरात राई यायोक्खा लगायत छन् ।
फिल्मलाई नवल खड्काले निर्देशन गरेका हुन् । कलाकारमा खड्कासहित गौरव पहारी, रेविका गुरूङ, प्रशान्त यादव, सुरविना कार्की, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, परशुम चौधरी, पुष्प श्रेष्ठलगायत अभिनय छ ।